एकीकृत समाजवादी दलको नेतामा शाही

Ad
  • कालोपाटी सम्बाददाता

कर्णाली । नेकपा एकीकृत समाजवादी ले कर्णाली प्रदेशसभा संसदीय दलका नेतामा चन्द्रबहादुर शाहीलाई चयन गरेको छ ।

मुगु प्रदेशसभा क्षेत्र क बाट प्रत्यक्ष निर्वाचित उहाँ पार्टीको पोलिटब्युरो सदस्य र प्रदेशको सहइञ्चार्ज पनि हुनुहुन्छ । संसदीय दलले नेता शाहीका नेतृत्वमा तीन मन्त्रालय लिने गरी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ । नेता शाहीले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर तिहारलगत्तै आफ्नो पार्टी सरकारमा जाने जानकारी दिनुभयो । ३५ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीका तीन सदस्य छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्