एमाले महाधिवेशन विद्युतीय उपकरण प्रयोग गरिने

Ad
  • कालोपाटी सम्बाददाता

चितवन ।  नेकपा एमालेको १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ ।

 

महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिनुभयो । यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उहाँले भन्नुभयो, “मतदानपछि प्रिन्ट गयो भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघिनै नतिजा आउँछ । ”विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । सो पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय छ । यसमध्ये १५ पदाधिकारी छन् । उहाँका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक , उपाध्यक्ष चार , महासचिव एक , उपमहासचिव एक र सात सचिव रहने व्यवस्था छ ।

 

महाधिवेशनमा अहिले सम्मका अवस्थामा दुई हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको छ । महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने पार्टीले जनाइएको छ ।

सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा यहाँ सारिएको हो । महाधिवेशन आगामी मंसिर १० गते देखि १२ गते सम्म हुँदै छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्