एमालेलाई सिद्धाउने सपना नदेखे हुन्छ : एमालेअध्यक्ष केपी शर्मा ओली

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउने सपना नदेख्न सुझाव  दिएका छन्  ।

’गन्तव्य मध्यपुर थिमी’ पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार भक्तपुरमा सम्बोधनका क्रममा ओलीले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह पनि गरे ।

सिंगै कांग्रेसले पनि एमालेसंग नसक्ने भन्दै एक दुई जनाले भन्दैमा एमालेलाई केहि फरक नपर्ने उनले बताए । त्यस्तै उनले प्रचण्डले आफूलाई गणतन्त्रको विरोधी भन्दै गरेको टिप्प्णीको जवाफ दिदै प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि नै आफुले गणतन्त्रको अभियान चलाएको तर्क गरे । उनले मुलुकमा बिकासको काममा असाधारण काम गरेपनि सरकारबाट हटाइएको बताए ।

कार्यक्रमपछि एमाले अध्यक्ष ओली लगाएतका एमाले नेताहरुले भक्तपुरको थिमिस्थीत नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्