बस दुर्घटनामा सात जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका पाँच र घटनास्थमै दुई बालबालिका गरी सात जनाको मृत्यु भएको हो ।

बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ। बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ । अहिले पनि उद्धार जारी रहेको र मृतकका सनाखत हुन जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकीे छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्