मन्त्री खतिवडाद्वारा समवेदना प्रकट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगर कमिटी सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य गिरिजा अधिकारीको निधनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेकपा  एकीकृत समाजवादीका स्थायी समिति सदस्यसमेत रहनुभएका उहाँले एक शोक शन्देश जारी गर्दै समवेदना प्रकट गर्नुभएको हो । अठ्ठाइस वर्षीय अधिकारीको सोमबार करेन्ट लागेर हेटौँडामा निधन भएको थियो । मकवानपुर जिल्लाबाट राम्रो सम्भावना बोकेर समाजवादी आन्दोलनमा होमिएका एक सशक्त युवाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको शन्देशमा उल्लेख गरिएको छ ।  –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्