एकताबद्ध भई समृद्धिको यात्रामा लाग्न अध्यक्ष ओलीको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपसी एकतामार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आग्रह गर्नुभएको छ ।

छठ पर्वका अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पनि बताएका छन् । “एमालेले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिएको छ ।

सोही सङ्कल्पअनुरुप यसअघि हाम्रो नेतृत्वको सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकमा विकास र समृद्धिको अभियानको नेतृत्व ग¥यो”, उनले सन्देश भनेका छन् “हामीले सिङ्गो देशलाई नयाँ संविधानअनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरायौँ ।

समृद्धिको अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्नसमेत म सबैमा आह्वान गर्दछु ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्