जनगणना राष्ट्रिय विकासको मेरुदण्ड : मुख्यमन्त्री शाही

Ad
  • कालोपाटी सम्बाददाता

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने उल्लेख गर्नुभयो ।

जनगणनाको तथ्याङ्कबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने ,“आजदेखि गणकहरु तपाईहरुको पूर्ण विवरण लिन घर–घरमा आउने छन् । सबैले आफ्नो यथार्थ, तथ्य र सत्य विवरण टिपाउनुहोस् । यसमा व्यक्तिले संस्कृतिदेखि प्रकृतिसम्मको विवरण उपलब्ध गराउनुपर्नेछ । विवरण कसैले नलुकाउनुस्, तपाईहरुलाई सोधिने व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ अनुसार गोप्य राखिने छ ।”

मुलुक सङ्घीयता गएपछि पहिलो पटक आगामी मङ्सिर ९ गतेसम्म आयोजना हुने जनगणनामा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश जनगणना अधिकारी पोमनारायण पौडेलसमक्ष आफ्नो पारिवारिक विवरण टिपाएका छन् । जनगणना अधिकारी पौडेलले बढी बसोबास गर्ने ठाउँबाट घरमूलीमार्फत पूर्ण विवरण लिइने बताएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्