एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा एमालेले १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन ।‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ ।

एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम भइरहेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्