कानून विपरीत मदिराको विज्ञापन नगर्न अनुरोध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विज्ञापन बोर्डले प्रचलित कानून विपरीत मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन सम्बन्धीत सबैमा अनुरोध गरेको छ ।

चाडबाडको समयमा कतिपय पत्रपत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन प्रसारण भएको, देशका विभिन्न भागमा राखिएका होडिङ बोर्डमा समेत त्यस्ता विज्ञापन देखिएको र उक्त कार्य जनस्वास्थ्य सेवा ऐन–२०७५ तथा विज्ञापन नियमन गर्ने ऐन– २०७६ विपरीत भएकाले यसलाई तत्काल हटाउन बोर्डले अपिल गरेको छ ।

अन्यथा कानूनबमोजिम कारबाही हुनेसमेत बोर्डले जनाएको छ । बोर्ड द्धारा जारी विज्ञप्तिमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा “मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन”, भन्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १ छ मा ‘प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा गर्न नहुने’ व्यवस्था गरेको जनाइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्