भक्तपुर उद्योग वाणिज्य सङ्घले अध्यक्ष चयन

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घले अध्यक्ष चयन गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार सङ्घको ३४ औँ वार्षिक साधारणसभाको उद्घाटन गरका थिैए । यस साधारण सभामा नयां सङ्घ निर्वाचन गरिएको छ । उक्त निर्वाचित पदाधिकारीलाई शनिबार नै पद हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिएका छन्।

अध्यक्षमा शिवप्रसाद मानन्धर चयन भएको छन । सङ्घ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा रोशनीमैया धौबन्जार, उपाध्यक्ष साधारण तर्फ कृष्णमुरारी न्यौपाने ,उपाध्यक्ष वस्तुगततर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष एशोसिएट तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानाङ्ग सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यमा नवीन प्रजापति, अमरबहादुर मानन्धर, पृथ्वीभक्त प्रजापति, ऋषिकेश श्रेष्ठ, रञ्जित मारिखू, रुकेश रञ्जित, गोकर्ण न्यौपाने, गौतम सुजखू, नरेश सुकुपायो, राजेश त्वानाबासु ९राजु० सर्वसम्मत चयन हुनुभएको छ । सदस्यमा वस्तुगततर्फ श्यामप्रसाद मानन्धर, सदस्य एशोसिएट तर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ लामा, कार्यसमिति सदस्य महिलातर्फ आस्था शाख र श्रीया बल्ल चयन भएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्