बन्दको विरोधमा युवाको मोटरसाइकल र्‍याली

Ad
  • कालोपाटी सम्बाददाता

दमौलीमा ।  नेपाल बन्दको विरोधमा युवाहरुले आज बिहान दमौलीमा मोटरसाइकल र्‍याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल र्‍याली  निकालेका हुन् ।

‘नेपाल बन्द नगरौं, जनतालाई गरिखान देउ, मूल्यवृद्धि फिर्ता गरौं’ नारा लेखिएको ब्यानरसहित नेपालको झण्डा लिएर युवाले र्‍याली गरेका थिए । चापाघाटबाट सुरु भएको र्‍याली मुख्यचोक, भोर्लेटारचोक, गणेशमानचोक, मालपोतलाइन, अनसन चोक हुँदै ट्राफिक चोकमा पुगेर टुङ्गिएको थियो ।

बन्द सदाका लागि बन्द गर्नुपर्ने मागसहित शान्तिपूर्ण र्‍याली गरिएको नागरिक समाजका हिमाल श्रेष्ठले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्