मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुरधाम । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इश्वरपुर १२ का २२ वर्षीय सुरज मुर्मथान मगर र सोही ठाउँका मुकेश निमेलको मृत्यु भएको हो ।

प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल ईश्वरपुर नगरपालिका १२ घारीबथानस्थित भित्री सडक खण्डमा आफैं अनियन्त्रित भई रुखमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए । दाहिने तिघ्रा भाँचिएर टाउकोमा गम्भीर चोट लागेका निमेललाई नेशनल मेडिकल कलेज वीरगञ्ज पठाउनासाथ चिकित्सकले मृत घोषणा गरेको र यस्तै टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारको लागि गढीमाई अस्पताल लालबन्दी लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेकाको प्रहरीले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्