पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ भने ७ लाख ९८ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेका छन् । जसमध्ये ६ हजार ९८४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २१९ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् भएको मन्त्रालयले बताएको छ

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्