रोल्पाका युवा व्यवसायी डाँगी छैटौँ पटक सम्मानीत

Ad
  • कालोपाटी सम्बाददाता

रोल्पा । यहाँका एक युवा व्यवसायी लगातार छैटौँ पटक जिल्लाकै उत्कृष्ट करदाताका रुपमा सम्मानित हुनुभएको छ । रोल्पा नगरपालिका–४ का युवा व्यवसायी सागर विक्रम डाँगी जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा करदाता सेवा कार्यालय प्युठानबाट छैटौँ पटक सम्मानित भएका हो ।

करदाता सेवा कार्यालय प्युठानले डाँगीलाई आर्थिक वर्ष २०७६-०७७ मा रोल्पाकै सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रुपमा सम्मान गरेसँगै उनी लगातार छैटौ पटक सम्मानित भएका हुन् । रोल्पा–४ स्थित शुभम ट्रेडर्सका प्रोपराइटर डाँगीले हार्डवयरका साथै निर्माण व्यवसायको समेत काम गरेएका छन् ।

प्रोपाइटर डाँगी आर्थिक वर्ष २०७१-०७२ देखि लगातार जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा सम्मानित हुँदै आएका छन् । राज्यलाई जिल्लाबाटै सबैभन्दा बढी कर तिरेर सम्मानित भएकामा आफूलाई गर्व लागेको युवा व्यवसायी डाँगीले प्रतिक्रिया दिए । “राज्यलाई कर तिर्नु हरेक व्यवसायीले दायित्व भए पनि सबभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानीत हुनु मेरा लागि खुसीको कुरा हो”, डाँगीे बताउँछन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्