फरार प्रतिवादी पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । प्रहरीले हातहतियार खरखजना मुुद्दाका फरार प्रतिवादीलाई नौ महिनापछि पक्राउ गरेको छ । देवघाट गाउँपालिका–२ बैदीका ३९ वर्षीय मीनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ जिल्ला अदालतको २०७७ फागुन २१ गतेको फैसलाले मगरलाई दुई महिना नौ दिन कैद सुनाएको थियो । अदालतको फैसलापछि उनी फरार थिए । मगरलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालतसमक्ष पेस गरिएको छ । उनलाई बाँकी कैद भुक्तानका लागि अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

जिल्लामा पछिल्लो समय चोरी, डकैती, लागूऔषध दुव्र्यसनी र सवारी दुर्घटनामा न्यूनीकरण आएको प्रहरीले जनाएको छ । सवारीसाधन जाँचमा तीव्रताका साथै प्रहरीले गस्तीसमेत बढाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्