पानी ट्याङकी उद्घाटन र सडकको शिलान्यास

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपर । सूर्यविनायक नगरपालिका–९ चामुथलीमा एक लाख लिटर क्षमताको पानी ट्याङकी निर्माण भएको छ ।

दिव्य डाँडा खानेपानी उपभोक्ता समितिले ३५० घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ सो ट्याङकी निर्माण गरेको हो । सो ट्याङकीबाट स्थानीयवासीलाई पानी वितरणसमेत सुरु गरिएको छ ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले आज संयुक्तरुपमा उक्त ट्याङकीको उद्घाटन गर्दै पानी वितरणको शुभारम्भ गरेएका हो ।

त्यसैगरी, सूर्यविनायक नगरपालिका–८ जगाती, बाँसिडोल हुँदै सिपाडोल भक्तपुर इँटा टायल पर्खालसँगै जाने आठ मिटर चौडा सडक विस्तार र स्तरोन्नति सुरु भएको छ । सरकारको रु ४५ लाख उपभोक्ताको ५५ लाखको लागतमा निर्माण सुरु भएको सो सडकको सांसद बस्नेतले शिलान्यास गरेएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्