पत्रकार ऐडीको निधन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । हुम्लाको पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो ।

दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उनका श्रीमती बविता बुढाले बताए । पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक थिए । उनकी २४ वर्षकी श्रीमती, दुई छोरी र एक छोरा छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा आर्थिक समस्या भइरहेको थियो । उनको निधनबाट हुम्ला जिल्लाले एक युवा पत्रकार गुमाएको छ । ऐडी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ फुचाका स्थायी बासिन्दा हुन् –RSS

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्