सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

सुर्खेत । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी रु ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रु ९०० पुयाइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ । यो मूल्य आज आइतबारदेखि लागू हुनेछ ।

सङ्घका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौँलगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको बताए  । मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकेजीमा रु १०० बढाइएको उनको भनाइ छ ।

“किसानले बढी मूल्य पाएपछि जिल्ला बाहिर निर्यात गर्न थाले, जिउँदो खसीबोका प्रतिकेजी रु ५५० सम्म खरिद गर्नुपरेको छ”, वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले भने , “खसीबोकामा अभाव देखियो, बढी मूल्य तिरेर खरिद गर्नुपर्दा मूल्य बढाउनुको विकल्प रहेन ।” जिल्लास्थित सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीलाई जानकारी गराएर मूल्यवृद्धि गरिएको सङ्घले जनाएको छ । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्