कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागलुङका चारै क्षेत्रमा नेतृत्व चयन

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागलुङका चार प्रदेशक्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनले जिल्लाका चार प्रदेश क्षेत्रमै निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको पार्टी कार्यालयले जनाएको छ । चारवटै प्रदेश क्षेत्रमा सर्वसम्मत् नेतृत्व चयन नभएकाले शनिबार निर्वाचन गरिएको थियो ।

राति अबेरसम्म गरिएको मत गणनाअनुसार सबै क्षेत्रमा नयाँ नेतृत्व चयन भएको जिल्ला सभापति दीपेन्द्र थापाले बताए । बागलुङ क्षेत्र नं १ क मा हरिबहादुर जिसी निर्वाचित भएका छन् । उनले २६४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ज्ञामनाथ कँडेलले १८८ मत प्राप्त गरेका निर्वाचन अधिकृत रामराजा कँडेलले जानकारी दिए ।

उपसभापतिमा हरिबहादुर कार्की र ओमबहादुर थापा, सचिवमा सुर्यप्रसाद कँडेल र माधवप्रसाद उपाध्याय सहसचिवमा हीराबहादुर थापा र लालबहादुर सुनार विजयी भएका थिए । चारसय ६९ मतदाता रहेको यस क्षेत्रमा ४६३ मत खसेको थियो । आदिवासी जनजाति महिला प्रदेश महाधिवेशन प्रतिनिधिमा प्रमिला राजभण्डारी सर्वसम्मत चयन भएका छन् ।

क्षेत्र नं २ ९कमा भने सर्वसम्मतरुपमा नेतृत्व चयन भएको निर्वाचन अधिकृत सरिता केसीले जानकारी दिए । उनका अनुसार सभापतिमा तिलक घर्ती मगर, उपसभापतिमा कलाधर सुवेदी र हरिचन्द्र खत्री, सचिवमा टीकाराम पुन काउचार नीरबहादुर बोहरा, सहसचिवमा राजथापा क्षेत्री र हरिदत्त गौतम सर्वसम्मत चयन भएका थिए । प्रदेश महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा ४५१ मतदातामध्ये ४३५ मत खसेको र १७ मतदाता उपस्थित भएका थिए ।

क्षेत्र नं २ ‘ख’को सभापतिमा मेषलाल शर्मा निर्वाचित भएका छन् । प्रमुख प्रतिस्पर्धी खगेन्द्रमान पुनलाई ४९ मतअन्तरले पराजित गर्नुभएका शर्माले १८६ मत प्राप्त गरेका थिए । पुनले भने १३७ मत ल्याएका थिए । उपसभापतिमा ईन्द्रबहादुर मल्ल र हिमाल विक निर्वाचित हुनुभएको थियो भने सचिवमा हेमबहादुर बुढा र हेमराज जैसी निर्विरोध निर्वाचित भएका थिए । सहसचिवमा ध्रुव शेरचन र सुरजकुमार अदै निर्वाचित भए । प्रदेशप्रतिनिधि खस आर्यबाट धनराम पुरी, आदीवासी जनजातीतर्फ पुनिकला घर्ती मगर, दलित महिलातर्फ ईन्द्रकुमारी सिर्पाली निर्विरोध निर्वाचित भए ।

क्षेत्र नं १ प्रदेश ९खको सभापतिमा दलबहादुर श्रीस राना विजयी भएका छन् । उनले प्रतिस्पर्धी धनबहादुर शाहीलाई १५० मतान्तरले पराजित गरेका थिए । चार सय ५६ मत खसेकामा श्रीसले २९३ मत र शाहीले १४३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएकोे छ । उपसभापतिमा टेकनारायण शर्मा र रुद्रहरी शर्मा, सचिवमा बालकृष्ण शर्मा र लक्ष्मीप्रसाद सापकोटा, सहसचिवमा ओमबहादुर क्षेत्री र विशन शर्मा निर्वाचित भए ।

प्रदेश महाधिवेशन प्रतिनिधि खुलातर्फ ईन्द्रराज पौडेल, ईश्वर ठाकुर पौडेल, कमलराज सापकोटा, प्रभाकर पौडेल, मोतीराम गौतम, लक्ष्मीकान्त शर्मा र सुमन भुषाल तथा खुल्ला महिलातर्फ उषा पौडेल र कमलादेवी शर्मा निर्वाचित भए ।महाधिवेशन प्रतिनिधिमा खस-आर्य पुरुषतर्फ प्रेम सापकोटा र श्रीकृष्ण पौडेल, आदिवासी-जनजातीतर्फ लेखबहादुर थापा, आरक्षण जनजाति महिलातर्फ माया थापा निर्वाचित भए । दलितबाट केन्द्रबहादुर सुनार र अल्पसङ्ख्यक, मुस्लिम तथा अपाङ्ग कोटाबाट निलप्रसाद शर्मा सर्वसम्मत चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्