माओवादी जुम्लाका ५२ वडाको नेतृत्व चयन

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाका ५२ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । माओवादीले यही मङ्सिर ४ गते एकैसाथ सुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडामध्ये ५२ वडाको नेतृत्व चयन गरिएको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।

माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इञ्चार्ज गोमा कुँवरका अनुसार हालसम्म ५२ वडाको नेतृत्व चयन भइसकेको र बाँकी एक वडाको एक-दुई दिनमा सकिने भएको छ । माओवादी नेता पूर्णप्रसाद धितालका अनुसार प्रदेश ख कनकासुन्दरीका आठ, सिंजाका छ, हिमाका सात र तिलाका नौ वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भइसकेको छ ।

यता गुठीचौर गाउँपालिकाका इञ्चार्ज भवानीप्रसाद अधिकारीका अनसार गुठीचौरका पाँच वडामध्ये ४ र ५ गते दुई वडाको सम्मेलनसहित नेतृत्व चयन भइसकेका र बाँकी तीन वडाका अधिवेशन भइरहेका छन् । चन्दननाथ नगरपालिकाका अध्यक्ष ललितजंग महतका अनुसार वडा नं ५ बाहेक नौ वडाको सम्पन्न अधिवेशन भइसकेको र अरुको हुने तयारी भएको जानकारी दिए ।

यता पातारासी गाउँपालिकाका–४ वटा वडा सम्मेलनबाट नेतृत्व भइसकेको र बाँकी तयारी भइरहेको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । सबै वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्थाअनुसार वडास्तरको नेतृत्व चयन भएको हो । यसैगरी हरेक टोल कमिटी १९ सदस्यीय र सेल कमिटी १५ जनाको गठन गरिएको छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्