बैतडी कांग्रेसमा कडा प्रतिस्प्रर्धा

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत बैतडीमा जिल्ला सभापतिका लागि दुई जना चुनावी मैदानमा रहेका छन् । मङ्गलबार हुने निर्वाचनका लागि चतुरबहादुर चन्द र शिवराज भट्टले आआफ्नो समूह बनाएर नै चुनावी मैदानमा उत्रिएका हुन् ।

जिल्लाको नयाँ नेतृत्व निर्वाचनमार्फत नै हुने देखिएको छ । यसअघि शनिबार सम्पन्न दुइवटै प्रदेशसभा क्षेत्रको नेतृत्व पनि निर्वाचनबाटै चयन भएको थियो । प्रदेशसभा क्षेत्र क मा विष्णुप्रसाद भट्ट र प्रदेशसभा क्षेत्र ख मा शिवराज भट्ट विजयी भएका छन् । प्रदेश क्षेत्रमा सोचेअनुसारको नतिजा नआएपनि आफ्नो टिम जिल्लाका लागि कमजोर नभएको भट्ट समूहका सचिवका उम्मेद्वार रमेशसिंह भण्डारीको दाबी छ । उनले भने , “नेतृत्व हाम्रो टिमले पाउनेमा ढुक्क छौँ ।”

यता चन्द समूह भने प्रदेशसभाको नतिजा हेर्दा आफू जित्नेमा ढुक्क रहेको छ । प्रदेशसभाको नतिजाले पनि अगाडि रहेकाले जिल्लाको नेतृत्व आफ्नो टिमले चन्द समूहबाट उपसभापतिका उम्मेदवार रमेश पाण्डेयले बताए । चतुरबहादुरको प्यानलबाट उपसभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामी, सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशी, सहसचिवका लागि दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडको उम्मेदवारी रहेको छ ।

शिवराज प्यानलमा वीरबहादुर विष्ट र हरिसिंह धामी उपसभापति, सचिवमा रमेशसिंह भण्डारी र कर्णबहादुर बोहरा, सहसचिवमा रमेश कोली र घनश्याम भट्टको उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला अधिवेशन मङ्सिर ७ गते तोकिएको छ जसमा एक हजार ४०० क्षेत्रीय प्रतिनिधिले मत खसाल्नेछन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्