नेकपा एमाले महाधिवेशनको बन्दसत्रका लागि अध्यक्ष मण्डल गठन

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेले १०औँ महाधिवेशनको बन्दसत्रका लागि अध्यक्ष मण्डल गठन गरेको छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले बन्दसत्रका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटीको गठन गरेको हो। अध्यक्ष मण्डलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन्।

त्यस्तै, बैठकले ७ सदस्यीय माइन्युट कमिटी पनि गठन गरेको छ। जसमा पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १९९९ बाट बढेका पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २ सय ७९ जना पुग्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

बैठकमा महाधिवेशन तयारी समितिहरूले रिपोर्टिङ गरेका थिए । महाधिवेशनलाई व्यवस्थित गर्नेगरि तयारी भएको एमालेले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्