आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा खुसी

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनस्र्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित तीनदिने शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।

शिविरमा दुई सयजनाको आँखा परीक्षण गरिएको थियो । आँखामा मोतियाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।भरतपुर आँखा अस्पतालका डा रञ्जीतकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो । आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धवृद्धा हर्षित भएका छन् ।

गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिए । “गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो,” उनले भने , “गाउँपालिकाले पनि अब शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्