नवलपुर क्षेत्र नं २ का सभापतिमा बराबर मत

Ad
  • कालोपाटी सम्बाददाता

नवलपुर । नेपाली कांग्रेसको नवलपरासी बर्दघाट–सुस्तापूर्व नवलपुर क्षेत्र नं २ को सभापतिमा दुवै प्रतिस्पर्धीको मत बराबर आएको छ । मङ्गलबार भएको मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गर्नुभएको बताइएको छ ।

उनिहरुले प्राप्त गरेका मत परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन । त्यस्तै, नवलपुर क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ १०, महिलातर्फ चार, खस आर्य पुरुषतर्फ दुई, खस आर्य महिलातर्फ एक, आदिवासी जनजाति पुरुषतर्फ तीन, आदिवासी महिलातर्फ दुई, अल्पसङ्ख्यक मधेसी, थारू र दलिततर्फ एक÷एकजना गरी २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । बुधबार बिहान आएको मत परिणामअनुसार महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ओमबहादुर घर्ती ९४५१०, गणेशमान श्रेष्ठ {३८४}, चन्द्रबहादुर राना(५२७), चेतप्रसाद पौडेल चेतन (४१६), विष्णुकुमार कार्की (५१४), विष्णुप्रसाद ढकाल (३९३), विष्णुप्रसाद लामिछाने(५०३), शङ्कर तिवारी (३७२), सुरज गुरुङ (३९२) र सोनी जिसी (३८९) विजयी भएको छन् ।

त्यसैगरी, महिलाबाट महाधिवेशन प्रतिनिधिमा ओमकुमारी महतो (३६३), दुर्गालक्ष्मी पाठक काफ्ले (३७२), विमला सापकोटा (३७८) र सुमित्रा खनाल ९३७७० निर्वाचित भएका छन् । त्यस्तै, खस आर्य पुरुषतर्फबाट जीवलाल पाठक (४३७), रामजीप्रसाद पौडेल(३८२)र खस आर्य महिलातर्फबाट (३६६) विजयी भएका छन् । यसैगरी, महाधिवेशन प्रतिनिधिमै आदिवासी जनजाति पुरुषबाट टेकप्रसाद श्रेष्ठ (४३९), पूर्णसिंह राना (४१५), श्यामप्रसाद श्रेष्ठ (४३४) तथा जनजाति महिलाबाट पुनम नगरकोटी(४२४)र मायादेवी श्रेष्ठ (४१८) विजयी हुनुभएको छ । महाधिवेशन प्रतिनिधिमै अल्पसङ्ख्यक मधेसीबाट नन्दकिशोर गुप्ता रौनियार (४४२), थारूबाट टीकाकुमारी महता (४२२)र दलितबाट झमाया विक (४६२) विजयी भएका छन् ।

त्यसैगरी, क्षेत्र नं १ मा मतगणना जारी छ । निर्वाचन अधिकृत चुडामणि शर्माका अनुसार क्षेत्र नं १ मा एक हजार १५१ मत खसेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्