‘चुनावपछि नेकपा एमालेको हाल बेहाल हुने दावी’ : अध्यक्ष नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेको हाल बेहाल हुने दावी गरेका छन् ।

बुधबार जनकपुरधाममा पार्टी प्रवेश तथा प्रदेश कार्यालयको उद्घाटन कार्यक्रमअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले जनताले एमालेलाई विश्वास नगर्ने भन्दै अवको चूनावपछि एमालेको अवस्थामा बेहाल हुने दावी गरेका हो । उनले अहिले केपी ओलीले सूर्यको धाक देखाएर केही गर्न नसक्ने बताए ।

उनले नेपालमा रहेका सवै समूदायलाई समान अधिकार दिन प्रतिवद्ध रहेको जिकिर गरे त्यस्तै पार्टी प्रवेश कार्यक्रममा नेपालले, नागरिकता विधेयकमा देखिएको समस्या जति सक्दो समाधान हुने र सम्पूर्ण नेपालीले नागरिकताको हक पाउने बताए । त्यस्तै, उनले जनकपुर जयनगर रेल सुचारु गर्न सक्दो पहल भईरहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउनु नै न्यायोचित हुने भन्दै सहमतिमा प्रदेशको नाम टुङ्गो लगाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई एकीकृत समाजवादी प्रवेश गराइएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्