‘एमालेले अव कुनै पार्टीसंग एकता नगर्ने’ :अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले अव कुनै पार्टीसंग एकता नगर्ने स्पष्ट पारेका छन् ।

बुधबार काठमाडौंमा युवा संघ अन्तर्गतको साइबर सर्कल घोषणा कार्यक्रममा ओलीले एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको भन्दै अरु पार्टीमा रहेकाहरु एमालेमा भने आउन सक्ने बताएका छन् । उनले माधव नेपालमा गएका नेताहरुलाई एमालेमा नै फर्कन पनि आग्रह गरे । अध्यक्ष ओलीले कांग्रेसको पुच्छर समातेर धेरै फुर्ति नलगाउन माधव नेपाललाई चूनौति दिए । उनले एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै सजक रहन कांग्रेसलाई सुझाव दिए ।

अदालतको फैसलाबाट जनमतलाई पराजित गरेको भ्रम केहिले पालेको भन्दै उहाले जनताले जित्नेकी जनविरोधीहरुले जित्ने निर्णय हुन बाँकी रहेको तर्क गरे । उनले एमाले भनेको पार्टीको नाममात्र नभएर नेपाली जनताको प्रतिनिधि शक्ति भएको दावी गर े । अध्यक्ष ओलीले पाँच दल कै कारण अदालतमा समस्या देखिएको बताए । सर्वोच्च अदालतको विवादलाई क्यान्सरको संज्ञा दिदै ओलीले उक्त विवाद सामान्य रुपमा साम्य नहुने बताए । त्यस्तै ओलीले माओवादी नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै प्रचण्डप्रति कटाक्ष गरे ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले सञ्चार क्षेत्रमा बैदेशिक लगानीलाई सरकारले नै प्रोत्साहन गर्नु दुर्भाग्य भएको टिप्पणी गरे । युवा संघको यसअघिको ‘साइबर सेना’ को नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्