ब्याडमिन्टनमा सहभागी हुने नेपाली खेलाडीको नाम सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसीप २०२१ कर्पोरेट आमन्त्रण ब्याडमिन्टनमा सहभागी हुने नेपाली खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमीले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी वरीयता अनुसार शीर्ष आठमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । प्रतियोगिता पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुनेछ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, एपीएफका दिपेश धामी, भोजपुरका विकास श्रेष्ठ, एपीएफका साजन ताम्राकार, नेपाल पुलिसका विष्णु कटुवाल, धादिङका सुदिप सेढाई, नेपाल पुलिसका दिपक बोहरा र आर्मीका नविन श्रेष्ठ वरियताको शीर्ष आठमा रहेका छन् र उनीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

यता महिलातर्फ शीर्ष आठ वरियतामा शीर्ष चारमा आर्मीका चार खेलाडी नङशल तामाङ, अमिता गिरी, अनुमाया राई र रशिला महर्जन रहेका छन् । त्यसैगरी, एपीएफका जेसिका गुरुङ र शोभा गौचन पाँचौ र छैठौ वरियतामा रहेका छन् । एपीएफकै सुनैना मुखिया र भोजपुरकी सिता राई सातौ र आठौ वरियतामा रहेका छन् । खेलाडीहरुको खेल्ने टिमको घोषणा भने पछि हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत मेन्स सिंगल्स, वुमेन्स सिगल्स, कर्पोरेट डबल्स, मेन्स डबल्स र बुमेन्स डबल्स गरी पाँच इभेन्ट्स समावेश गरिएको छ ।

विजेता टिमका वरियताप्राप्त खेलाडीले ७५ हजार उपविजेताले ६० हजार, तेस्रो हुनेले ५५ हजार र चौथो स्थान हात पार्नेले ४७ हजार ५ सय नगद प्राप्त गर्नेछन् । त्यसैगरी वरीयता प्राप्त खेलाडीलाई दर्ता हुनेवित्तिकै २० हजार दिने आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्याच फि बापत २ हजार ५ सय प्रदान गरिने बताइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्