आँबुखैरेनीमा आँखा शिविर

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । को आँबुखैरेनी गाउँपालिकामा सोमबारदेखि सञ्चालित आँखा शिविरमा १३४ वृद्धाका शल्यक्रिया गरिएको छ । शिविर एक दिन थप गरेर बिहीबार सम्म लम्ब्याइएको छ ।

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी–३ मा शिविर सञ्चालन गरिएको छ । शिविरमा ५०० भन्दा बढीको आँखा परीक्षण गरिएको पुनःस्थापना कार्यक्रमका फिल्ड अधिकृत प्रेम महर्जनले जानकारी दिए । उनका अनुसार बिहीबार ५० जनाको शल्यक्रिया गरिनेछ ।

“तीन दिनसम्म शिविर सञ्चालन गर्ने तय भएकामा माग अत्यधिक भएपछि एक दिन थप गर्नुप¥यो, ५० जनाको आँखाको बिहीबार शल्यक्रिया गर्ने तय भएको छ”, उनले भने । शिविरमा अधिकांश आँबुखैरेनीका र केही गोरखाका सर्वसाधारणले सेवा लिएका छन् ।

आँखामा मोतीयाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ । भरतपुर आँखा अस्पतालका डा रञ्जितकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो । आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धा हर्षित भएका छन् ।

आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । “ गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडाँै जानुपर्ने बाध्यता थियो”, उनले भने , “गाउँपालिकाले पनि अब शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।  -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्