अध्यक्ष ओलीद्वारा नवयुग अनलाइनको शुभारम्भ

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिक मुखपत्र इनवयुग डटकमको शुभारम्भ गरेका छन् ।

लामो सयमदेखि पार्टीको मुखपत्रका रुपमा रहेको नवयुग पत्रिका अबदेखि डिजिटलरुपमा प्रसारण हुने र त्यसमा पार्टीका आधिकारिक धारणा, गतिविधि र दस्तावेज रहने एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

नारायणी किनारमा निर्मित मञ्चमा पार्टीका अध्यक्ष ओलीले उद्घाटन गरेपछि अहिले विभिन्न दलका नेताको शुभकामना मन्तव्यको क्रम जारी छ । सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्