जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । रोजगारीको सिलसिलमा जापानमा रहेका यहाँका एक युवाले जन्मदिनमा हुने फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्म, आँगाखेत रामु थापाले आफ्नो छोरा आयुस थापाको जन्मदिनमा रिवारे प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाका अध्यक्षसमेत रहेका थापा दलित र विपन्न विद्यार्थीको बाहुल्यता रहेको मल्मस्थित विद्यालयमा नगद रु २० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेका विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक प्रगति होस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको र त्यसलाई बढाउँदै लैजाने थापाले बताए । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौँ भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरी आफूले शैक्षिक अक्षयकोष स्थापना गरेको थापाको भनाइ छ ।

रकम सानो भए पनि यसको महत्व ठूलो रहेको र शैक्षिक जगत्मा थोरै भए पनि सहयोग पुग्ने उनले उल्लेख गरे । उक्त रकमको वार्षिक ब्याजमार्फत विद्यार्थीले शैक्षिक सामग्री पुरस्कारस्वरुप प्राप्त गर्ने सिरबारे प्राथमिक विद्यालय गलकोट नगरपालिका–७ मल्म सिरबारेका प्रधानाध्यापक कल्पना गौतमले जानकारी दिए ।

अक्षयकोष रकम विद्यालयमा आयोजित कार्यक्रममा गलकोट नगरपालिका–७ का वडासदस्य लोकबहादुर थापा र सामाजिक संस्था घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्तरुपमा विद्यालयलाई हस्तान्तरण गरेएका थिए । गलकोट नगरपालिका–७ मल्म स्थायी घर भई जापानमा कर्म गरिरहेका युवा समाजसेवी रामु थापाले समय समयमा विभिन्न सङ्घ संस्थासँगै समाजमा यस्तै परोपकारी काम गर्दै आइरहेका छन् । उक्त विद्यालयमा गत वर्ष गलकोट समाज जापान क्षेत्रीय समितिले नागोयाले नगद रु ५० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेको छ । संस्थाका अध्यक्ष थापाले रु २० हजार रकम अक्षयकोषस्वरुप सहयोग गरेपश्चात् विद्यालयमा अक्षयकोष रकम रु ७० हजार पुगेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्