खेलक्षेत्रलाई क्रियाशील र चलायमान गराउनुुपर्छ: मन्त्री गहतराज

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलक्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रका चुनौतीलाई अवसरका रुपमा सदुपयोग गर्दै काम गर्न नवनियुक्त सदस्यलाई निर्देशन दिए । मन्त्रिस्तरीय निर्णयअनुसार मोहम्मद फाजिल काठमाडौँ, लामा पेमा डोल्मा मकवानपुर, जनकप्रसाद बर्तौला मकवानपुर, दीपेन्द्र विष्ट बर्दिया, प्रकाशकुमार कुसारी रुकुम, वीना नबाछेँ श्रेष्ठ भक्तपुर र अन्जन धमला गोर्खा, श्रीमान् थापामगर   बाँके बिहीबार सदस्यमा नियुक्त भएका थिए ।

मन्त्री गहतराजले भने , “विगतका गलत कामलाई पन्छाउँदै सफल उदाहरणलाई आत्मसात् गरी राज्यले अपेक्षा गरेको नतिजा हासिल गर्न र खेल क्षेत्रको सुधारका लागि निरन्तर क्रियाशील हुन आवश्यक छ ।” युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले नवनियुक्त सदस्यले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसगै खेलकुद क्षेत्रमा देखिएका चुनौतीलाई अवसरकारुपमा लिएर खेलक्षेत्रको विकासका लागि काम गर्न सुझाव दिए ।

उनले भने , “हामीसँग अवसर र चुनौती दुवै छन्, अब अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धामा जानुपर्छ, त्यसका लागि परिषद्ले सरकारको भिजन र निर्देशनलाई बुझेर काम गर्न सकोस्, खेलकुद राष्ट्रिय एकताको साझा भावनारुपान्तरण गर्ने शक्ति हो ।” यसअघि मन्त्रालयको सभाकक्षमा परिषद्का अध्यक्ष मन्त्री गहतराजले नव नियुक्त सदस्यलाई पद तथा गोपनीयताको सपथ दिलाएका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्