एमाले अनुशासित र एकताबद्ध पार्टी : नेता थापा

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । नेकपा एमालेनेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताएका छन् ।

चितवनमा आजदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उनले पार्टी विधान महाधिवेशनले त्यसलाई पुष्टि गरेको बताए  । महाधिवेशनपछि जनताको बहुदलीय जनवाद ‘जबज’ सही छ भन्ने थप पुष्टि भएको नेता थापाको भनाइ थियो । उनले देशीविदेशी तत्वले नेकपालाई तीन टुक्रा पारेको आरोप लगाए ।

नारायण नदी किनारामा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गर्दै महाधिवेशनको उद्घाटन गरेका हो । उनले नेपालको झण्डा, नेकपा एमालेको चुनाव चिह्न सूर्य, कम्युनिष्टको हँसिया हथौडा अङ्कित झण्डालाई एकसाथ स्विचमार्फत झण्डोत्तोलन गरे । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्