माओवादी पालिका अधिवेशन : झापा र काभ्रेका पालिकामा नेतृत्व सर्वसम्मत

Ad
  • कालोपाटी सम्बाददाता

झापा । झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा  माओवादी केन्द्रको नेतृत्व चयन भएको छ । मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन भएको छ । भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईँ चयन भएका छन् ।

पार्टीले शनिबार देशैभर नगर तथा गाउँपालिकास्तरीय अधिवेशन आयोजना गरेको थियो । जिल्लाका १५ पालिकामध्ये दुई नगर र एक गाउँपालिकामा नयाँ नेतृत्व चयन भइसकेको र अरु पालिकामा अधिवेशन उद्घाटन भएता पनि नेतृत्व चयन हुन बाँकी रहेको पार्टीका जिल्ला सचिवालय सदस्य माधव अर्यालले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रको शनिबार सम्पन्न पालिका सम्मेलनअन्तर्गत काभ्रेपलाञ्चोकका १३ वटै पालिका अन्तर्गत केहीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएका छन् । केही पालिकाको भने नेतृत्व चयनका क्रममा बन्दसत्र जारी छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्