एमालेका अध्यक्ष ओलीले माओवादी केन्द्रले क्यान्टमैन्टको रकम हिनामिना गरेको आरोप

Ad
  • कालोपाटी सम्बाददाता

चितवन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले क्यान्टमैन्टको रकम हिनामिना गरेको आरोप लगाएका छन् ।

दशौँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रले क्यान्टमेन्टको रकम हिनामिना गरेको आरोप लगाएका हुन् । आफूहरुलाई झटा आरोप लगाइरहेको बताउदै कार्यकर्ता र लडाकुको पेट काटेर बेइमानी नगरेको तर्क गरेका छन् । उनले नेपालमा नियन्त्रित अस्थिता लाद्न षड्यन्त्र भइरहेको बताए ।

अध्यक्ष ओलीले नेकपा एमालेको नीतिनै नेपालको नीति भएको बताए । उनले नेपालको राजनीतिको सहि पहिचान नेकपा एमालले मात्रै गर्ने जिकिर गरे । उनले नेकपा एमाले नीति अनुसार खुशी नेपाली समृद्ध नेपालको सपना देखेका तर्क गरे ।

उनले देशमा जनसमर्थन कोसँग छ भनेर जनसहभागीताले पुष्टि गरेको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्