‘विधि र नियम अनुसार पार्टी नचल्दा कांग्रेसको छवि विग्रदै गएको’ : नेता सिंह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ ।   नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि र नियम अनुसार पार्टी नचल्दा कांग्रेसको छवि विग्रदै गएको बताएका छन् ।

आइतबार नेपाली कांग्रेस काठमाडौ जिल्ला कार्य समितिको १४ औँ अधिवेशन उद्घाटन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले पार्टीको १३ औँ महाधिवेशन सकिएको दुई महिना भित्र विभागहरु गठन गर्नुपर्ने पार्टीको विधान भएपनि ५ वर्षपछि पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन गरेको आरोप लगाए ।

नेता सिंहले बहुमत छ भन्दैमा पार्टीलाई विधि र अनुशासन भन्दा बाहिर गएर सञ्चालन गर्न नहुने धारणा राखे । उनले काठमाडौ जिल्लाको अधिवेशनमा भोट हाल्दा पार्टीलाई बेथितितिर लैजाने कि नीति र नियम संवत चलाउने भन्नेतर्फ ध्यान दिन आग्रह गरे । उनले कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने सन्देश यसपटकको काठमाडौ जिल्लाको अधिवेशनले दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेता गगन थापाले चितवन अधिवेशनपछि आउने नेकपा एमाले आफ्नो भित्रको जनवादलाई सिध्याउने मात्र नभई देशको प्रजातन्त्रको बाटोलाई पनि सिध्याउने गरी आउने दाबी गरे । बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली कांगेसले गर्न सक्नुपर्ने उनले बताए ।

उनले एमाले चितवनबाट फर्किएपछि निर्वाचनमा जाने भएकाले कांग्रेसले एमालेसँग निर्वाचन अघि प्रजातन्त्र, संविधान र व्यवस्था जोगाउनका लगि जुध्नुपर्ने भएकाले देशभरबाट एमालेसँग जुध्नसक्ने सिंगो पार्टीलाई उचाल्न सक्ने नेतृत्व छनौट गर्न आग्रह गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्