एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । नेकपा एमाले को अध्यक्षका लागि केपी शर्मा ओली र डा भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनिहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।

एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिनुभएका डा रावलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ ।

दिँउसो १२ः०५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्