कांग्रेसका नेता बद्री पाण्डेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा 

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसका नेता बद्री पाण्डेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौ । सोमबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी नेता पाण्डेले कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उमेदवारी घोषणा गरेका हुन् । सम्मेलनमा बोल्दै नेता पाण्डेले पार्टी प्रणालीमा पार्टी नसुध्रिने भन्दै आफूले नेतृत्व सुधार गर्दै पार्टी सुधारको अभियान चलाउने बताए ।

उनले देश विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै पुराना पूस्ताको त्याग, समर्पण र बलिदानको सम्मान गर्दै नयाँ पुस्ताको उर्जा र दृष्टिकोणलाई पनि उचित संयोजन गरेर कांग्रेसलाई शक्तिशााली पार्टी बनाउनुपर्ने धारणा राखे । उनले कांग्रेसको सहमहामन्त्री पदमा निर्वाचित भएपछि कांग्रेसलाई सुदृढिकरण गर्दै नेपालको राजनीतिलाई समेत शुद्धिकरण गरेर देश र जनताको अपेक्षा अनुसार सुशासन, विकास र सम्वृद्धिको बाटोमा अगाडि बढाउने उदेश्य रहेको बताए ।

यसअघि दुईपटक केन्द्रीय सदस्य भएका पाण्डेले पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै सहमहामन्त्रीको उमेदवारी घोषणा गरेका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्