बार एसोसिएसनले जबराको राजिनामामाग गर्दै सोमबार सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि प्रदर्शन गरेको छ ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा सोमबार पनि विरोध प्रदर्शन गरेको हो । विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकारमा रहेका गठबन्धन दलहरु पनि जबराले राजिनामा दिदाँ भोलिका दिनमा न्यायपालिका स्वच्छ राख्न सहज हुन सक्ने निष्कर्षमा पुगेकाले तत्काल राजिनामा दिन सुझाव दिए ।

अध्यक्ष श्रेष्ठले जबराको राजिनामा बटमलाई भएकाले उनको राजिनामा पश्चात न्यायपालिमा हुनुपर्ने सुधार र हरिकृष्ण कार्कीको प्रतिवेदनका विषयमा नेपाल बारले क्रमश निर्णयहरु गर्नुपर्ने भएकाले नेपाल बारको बैठक बसेर थप कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

उनले नेपाल बारको आन्दोलनलाई उच्च अदालत प्रशासन र जिल्ला अदालत प्रशासनले कमजोर पार्ने काम गरेकाले उच्च अदालका मुख्य न्यायाधीशकोमा गएर आफ्ना कुराहरु राख्ने जानकारी दिए । प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्