शहर र घर बस्न लायक हुनुपर्ने : विकासमन्त्री झाँक्री

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शहर र घर बस्न लायक हुनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै शहरि विकासमन्त्री झाँक्रीले भौतिक संरचनाहरु ब्लिया र भरपर्दा हुनुपर्ने बताएका हन् । उनले नेपाल सरकार र शहरि विकास मन्त्रालयले भौतिक संरचना निर्माणलाई प्रविधिमैत्री बनाउन पहल गर्ने बताए ।

मन्त्री झाँक्रीले आफू विद्यार्थी राजनीतिबाट आएकाले पनि सीप र ज्ञान हस्तान्तरणको पक्षमा रहेको बताउदै सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्ने बताए । उहाले सुरक्षित आवास निर्माणलाई सरकारले अघि बढाइरहेको समेत जानकारी दिए । कार्यक्रममा इञ्जिनीयरिङ र इञ्जिनीयरिङबिना निर्माण गरिएका दुई घर प्रदर्शनीमा राखिएको छ ।

ती घरमा भूकम्पको धक्का दिएर कतिसम्म थेग्न सक्छ भन्नेबारे परिक्षण समेत गरिएको आयोजकको भनाई छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्