महाधिवेशन लम्बिदा निर्धारित बजेटभन्दा करिब एक करोड खर्च बढी

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । १० औं राष्ट्रिय महाधिवेशन लम्बिदा निर्धारित बजेटभन्दा करिब डेढ करोड खर्च बढेको छ । चितवनमा आयोजित एमालेको महाधिवेशन नियमित तालिकाभन्दा दुई दिन बढी लम्बिएको हो ।

नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको अलि राम्रै रकम खर्च गर्नु परेको छ । मेरो अनुमानमा एक २५ देखि डेढ करोडसम्म बढी खर्च भएको छ ।’ बिल नआइसकेकाले खर्चबारे अझै एकिनका साथ भन्न नसकिने बताएका छन्

१० औं महाधिवेशनका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । ललितपुरको गोदाबरीमा आयोजित विधान महाधिवेशनमा ४ करोड ७१ लाख खर्च भएको जानकारी पनि उनले जानकारी दिएका छन् ।

मंसिर ११ गते नै उम्मेदवारी दर्ता, दावी विरोध र अन्तिम नामावली प्रकाशन गर्ने, १२ गते निर्वाचन गरेर १३ गते विहानै चितवनमा पत्रकार सम्मेलन गरी महाधिवेशन समापन गर्ने एमालेको पूर्वनिर्धारित कार्यक्रम थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १२ गते दिनभरजसो नै सहमतीका लागि प्रयास गर्दा महाधिवेशन थप दुई दिन लम्बियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्