साढे ६ लाखसहित ५ जुवाडे पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्ने जुवाडेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी छन् ।

कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्