केपिलासगढीले आफ्नै भवनबाट सेवा प्रवाह थाल्यो

Ad
  • कालोपाटी सम्बाददाता

खोटाङ  । केपिलासगढी गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । गाउँपालिकाको रु एक करोड ७६ लाख ५४ हजारको लागतमा तीनतले भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाह थालिएको हो ।

सभाहलसहितको नवनिर्मित प्रशासनिक भवनमा स्वास्थ्य, कृषि र पशु शाखाबाहेक सबै विषयगत शाखा र उपशाखा समेटिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ देखि बहुवर्षीय योजना बनाएर भवन निर्माण गरेको प्रमुख प्रशासकीयक अधिकृत छवि राईले जानकारी दिए । बाक्सिला बजारमा केपिलासगढी गाउँपालिकाको केन्द्र स्थापना भएको पाँच वर्षसम्म तत्कालीन बाक्सिला गाविस र पृथ्वी माविको जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । चार वर्षमा निर्माण गरिएको सो भवनको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हीराकुमारी वन गिरीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि सात स्थानीय तहले आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेका छन् । बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ, दिप्रुङ चुइचुम्मा र रावाबेँसी गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाले भवन निर्माण गरी सेवा प्रवाह थालेका हुन् । साकेला र ऐसेलुखर्क गाउँपलिकाले नयाँ भवन निर्माण गरिरहेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्