कांग्रेसको १४ औं महाधिवेशनमा सिंहले केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् । महरले मंगलबार काठमडौंमा पत्रकार सम्मेलन गरी १४ बुँदे कार्ययोजना सार्वजनिक गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एक व्यक्ति,एक पद दुईपटक मात्रै हुनुपर्नेदेखि सरकार र पार्टी सञ्चालनका लागि थिङ ट्याङ्कको स्थापना गर्नुपर्ने लगाएतका कार्ययोजना रहेको महरले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले पार्टीभित्र व्यवहार र आचरणमा शुद्धता तथा आर्थिक पारदर्शिता हुनुपर्ने बताए । उनले पार्टीको रुपान्तरणका लागि युवा कांग्रेस स्थापना हुनुपर्ने पनि धारणा राखे ।

उनले निःशुल्क स्वास्थ्य–शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार, लगानीमैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार राष्ट्रिय स्वार्थकेन्द्रित विदेश नीति लगाएतका एजेण्डा पनि तय गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्