मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

धनुषा । जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ ।

काठमाडौँबाट ज१२प ५२२५ नंको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   – रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्