कांग्रेस महाधिवेशनमा २९ वटा मतपत्र को प्रयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएको छ । ‘उत्साह, एकता, रुपान्तरण सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुने छ ।

केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने भएकाले एक जना मतदातालाई करिब ४५ मिनेटदेखि एक घण्टा समय लाग्नसक्ने अनुमान छ ।

त्यसैले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभा गृहमा मतदान केन्द्र तोकिएको छ । २५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्