तत्कालका लागि टुङ्गीयो प्रधानन्यायाधीशको विवाद

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको विवाद तत्कालका लागि टुङ्गीएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार डिस्चार्ज हुने जानकारी दिएपछि विवाद टुङ्गीएको हो । यसअघि प्रधानन्यायधिश जवराको अनुपस्थीतिमा कायममुकायम तोकिनुपर्ने माग उठेपछि इजलास नै प्रभावित भएको थियो ।

त्यसअघि नेपाल बार एसोसिएसन र सर्वोच्च बारले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी लिन वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई सुझाव दिएको थियो । बिहीबार बारका पदाधिकारी र न्यायाधीशहरुबीच भएको छलफलमा दुवै बारले प्रधानन्यायाधीश बिरामी रहेकाले वरिष्ठतम् न्यायाधीश कार्कीले नेतृत्व लिनुपर्ने सुझाव दिएका हुन् ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संविधानको धारा १२९ ६ मा प्रधानन्याधिशले कामगर्न नसक्ने भए वरिष्ठतम् न्यायाधीशले कायममुकायमको भूमिका निर्वाह गर्न सक्ने भन्दै बिरामी भएको कुरा कुरा सर्वोच्च प्रशासनले लिखित रुपमा दिनुपर्ने सुझाव दिएको जानकारी दिए ।

त्यस्तै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधानअनुसार जिम्मेवारी लिन वरिष्ठतम् न्यायाधीशलाई सुझाव दिइएको बताए । यसैबीच सर्वोच्च अदालतमा बिहीबार ढिला गरी पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अनुपस्थितिमा अन्योलका बीच १० वटा इजलास गठन गरिएको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्