कक्षा १२ को परीक्षाफल प्रकाशित

Ad
  • कालोपाटी सम्बाददाता

गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ ।

कोरोना भाइरस को महामारीका कारण परीक्षा दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

परीक्षाफल हेर्न   https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ भने एसएमएस मार्फत हेर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ ।

७०३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् भने  ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४८२३९ छ ।

७०००१  जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् र  ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९५३७ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ ८८ छ भने २४५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।

तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् भने  ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्