शिवाकोटीलाई मानार्थ कोरियाली नागरिक सम्मान

Ad
  • कालोपाटी सम्बाददाता

सउल । दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्धारा आयोजित समारोहबीच कोरियाको मानार्थ नागरिकको सम्मान प्राप्त गरेका हुन् ।

महानगरपालिकाले हरेक वर्ष विदेशीलाई यस्तो सम्मान दिन्छ । दक्षिण कोरिया सरकारले नेपाल र कोरियाको सांस्कृतिक, आर्थिक सम्बन्ध निर्माण गर्न पुलको भूमिका निर्वाह गरेवापत उनलाई सो सम्मान दिएको हो । उनले महानगरपालिकाका प्रमुख उ सेहुन्बाट सम्मानपत्र, मानार्थ नागरिकताको प्रमाणपत्र र एक रजत पदक प्राप्त गरे ।

कोरिया सरकारले आफ्नो देशको विकासमा योगदान दिने विदेशीको खोजी गर्दैै मानार्थ नागरिक सम्मान दिन्छ । हरेक वर्ष प्रदान हुने सो सम्मान प्राप्त गर्न निश्चित मापदण्ड तोकिएका छन् । सम्मान प्रदान गर्नुअघि विदेशी नागरिकलाई लक्ष्य गरी यहाँको सउल मेट्रोपोलिसन गभर्मेन्टको योजना तथा प्रशासन मन्त्रालयअन्तर्गतको इन्टरनेशनल रिलेसन डिभिजनले मानार्थ नागरिकका लागि प्रस्ताव आह्वान गर्छ । जसले सम्मान प्राप्त गर्नका लागि आफू योग्य भएको आवेदन दिन्छ, उसका लागि दक्षिण कोरियामा, विशेषगरी सउल महानगरपालिकामा बसोबास गर्ने ३० जनाले सिफारिस गर्नुपर्छ । त्यसपछि महानगरपालिकाले वर्षमा एक देशबाट एक वा दुई जनासम्मलाई सो सम्मान दिन्छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्