नेपालमा छिर्यो ओमिक्रोन भेरियन्ट

Ad
  • कालोपाटी सम्बाददाता

नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए।

 उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ थालिएको मन्त्रालयले जानकारी दिएको छ । ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको बारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्