पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३०४ जना निको भएका छन् भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्